• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

अमेरिकी राजदूत बेरीले लगाए दसैंको टीका

प्रकाशित मिति

२०७८ आश्विन २९ गते, शुक्रबार ०२:३२

२९  असोज, २०७८ काठमाडौँ :  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दसैंको टीका ग्रहण गरेका छन्। उनले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा टीका ग्रहण गरेका हुन्।राजदूत बेरीले दूतावासमा मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

National Life


आफूले टीका ग्रहण गरेपछि उनले बालबालिका तथा अन्य व्यक्तिलाई पनि टीका लगाइदिएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको थियो। तर साइत नकुर्नेहरूले भने बिहानैदेखि टीका लगाइरहेका छन्।


नवरात्रको पहिलो दिन घटस्थापनादेखि सुरु हुने दसैंको आज विशेष तथा प्रमुख दिन हो। आज मान्यजनबाट आशीर्वादसहित टीका तथा जमरा लगाउने चलन रहेको छ। टीका कोजग्रत पूर्णिमासम्म लगाउने चलन रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया