पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए
प्रकाशित मिति
२०७८ आश्विन २९ गते, शुक्रबार ०२:२१
२९ असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् ।
उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ ।
यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधारणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको हो।
प्रतिकृया