• १९ असोज २०८३, सोमबार
  • १०ः०० राती

मनोज गजुरेल बाँधिए विवाह बन्धनमा

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार १२:५३

२५ असोज, २०७८ काठमाडौँ : चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वी राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

National Life

मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् । दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।


सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया