• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

घट्यो सुनको मूल्य, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार १२:५८

२५ असोज, २०७८ काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।

National Life

महासंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार सोमबार चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रुपैयाँले बढेको छ।


चाँदी आइतबार प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया