• १९ असोज २०८३, सोमबार
  • ४ः०८ बेलुका

नौ अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान

प्रकाशित मिति

२०७८ आश्विन २३ गते, शनिबार ०६:००

२३ असोज, २०७८ काठमाडौँ :  नेपाली चलचित्रका नौं अभिनेत्रीलाई सम्मान गरिएको छ। चलचित्र विकास बोर्डको सभाहलमा घटनास्थापनाको दिन बिहीबार अभिनेत्रीलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मान गरिएको हो।

National Life

चलचित्र क्षेत्रमा योगदान पुर्‍याएको भन्दै अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, नीता ढुङ्गाना, चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल, शर्मिला मल्ल, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरीलाई सम्मान गरिएको हो।


रेजिना इन्टरटेनमेन्ट प्रा।लि र सहित फिल्मस् प्रा।लि।को आयोजना भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले अभिनेत्रीहरुलाई सम्मान प्रदान गरेकी हुन्। कार्यक्रममा सम्मानित कलाकारले नृत्य पनि प्रस्तुत गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया