• २१ असोज २०८३, बुधबार
  • ३ः३० राती

गलैंचा उद्योगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०२:२२

२० असोज, २०७८ काठमाडौँ : गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोग सम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।

National Life

नेपाल गलैचा श्रमिक संघका अध्यक्ष सविर मानविकिले आफूहरु माथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए । उनले भने, ‘छठ पछि निर्मम संघर्षमा जान्छौं ।’ उनले पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएकाले सडकमा जाने अवस्था आउन लागेको बताए । नेपालको अर्थतन्त्रमा राम्रै टेवापुर्याउन सफल नेपाली गलैचा उद्योग भित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अहिले पनि १०औं हजार श्रमिकहरु कार्यरत रहेको बताए ।


लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको गलैचा उद्योगहरु क्रमिक रुपमा खुम्चिदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफुलाई दुःखलागेका सुनाए । उनले भने, ‘गलैचा उद्योगलाई व्यवसायीक रुपमा बिकास भएदेखि नै गलैचा श्रमिकहरु आफ्नो पेशागत अधिकार र पहिचानको निम्ति अनवरत संघर्षरत रहेकाछन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

जुट गार्मेन्टका र्पेट टेक्सटाय लमजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए । आफूहरु माथि निकै शोषण भइरहेको भन्दै संघर्षमा जाने वाध्यता देखिएको बताए । गलैचा उद्योगमा मकवानपुर, बारा, पर्सा, सर्लाही, रौतहट, सिन्धुली र अन्य जिल्ला सहितविशेष गरी ६ वटा जिल्लामा बसोबास रहेका निम्न वर्गका समुदायका बालबच्चाहरु उद्योग भित्र पिल्सीएको अवस्थामा श्रम गरी बाँच्न बाध्य पारिएको बताए । उनले भने, ‘उद्योग भित्र श्रम शोषणको विविध तरिकाहरु छन् ।’


अखिल नेपाल गलैचामजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङले नेपाल सरकारले तोकिएको न्युनत मज्याला कार्यान्वयन नहुनु, श्रमिकलाई मेरो श्रमिक हो भन्ने कुनै आधार प्रमाण नदिनु, परिचयपत्रको व्यवस्था नगर्नु, श्रम ऐन कानुनले दिएको अधिकार बाट बन्चित गराइरहेको बताए । उनले रोजगार सम्झौता बिना काम लगाउनु, कामदारको हाजिरी नराख्नु, व्यवसायीहरु बाट नै ठेकेदारी प्रथालाई प्राथमिकता दिनु लगाएतको विभिन्न अधिकार बाट बन्चित गराएको समेत बताए ।


नेपाल समाजवादी गलैचा मजदुर संघका अध्यक्ष मोलमलामाले उद्योग भित्र अत्यधिक बालश्रम हुनु, व्यवसायी–व्यवसायी बीच नै प्रतिस्पर्धामा श्रमिकलाई पशु खरिद बिक्रि जस्तै गरी अग्रिम पेस्की बाँड्ने र पेस्कीअसुल्ने नाममा श्रमिकको घर घरमा गएर समाउने कुटपिट अपहरण र हत्या गर्ने सम्मको गतिविधि गर्न पछि नपर्ने आरोप लगाए । अन्यायले हदनाघेको भन्दै कडा संघर्षको चेतावनी दिए ।


अखिल नेपाल क्रान्तिकारी गलैचा मजदुर संघको अध्यक्ष बिशाल सुब्बाले नेपालको संविधानले जारी गरेको श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयनमा व्यवसायीहरुको तत्परता नदेखाएको समेत उनले गुनासो गरे । उनले भने, ‘श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको प्रतिनिधी सामाजिक सुरक्षा कोषका प्रतिनिधि सहित गलैचा संघ नेपाल, निकासी कर्ता संघका प्रतिनिधिहरुसँग संवादगर्न पटक–पटक अनुरोध गर्दा समेत बेवस्ता गरेको आरोप लगाए । उनले भने, ‘सरकारी निकायको रोहवरमा छलफल तथा संवादगर्न पटक–पटक अनुरोध गर्दा समेत बेवस्ता गर्नु भनेको राज्य र देशको कानुन माथि उपहास गर्नु हो ।’


समाजवादी गलैचाश्रमिक संघका अध्यक्ष सुरेश मोक्तानले व्यवसायीहरुका नराम्रो खाले रवैयाको विरुद्ध गलैचा श्रमिकहरुलाई आफ्नो पहिचान सहित पेशागत अधिकारका निमित्त एक जुट हुन अनुरोध गरे । ६ वटाघटक राष्ट्रिय संघहरुले संयुक्त रुपमा असार ३१ गते पेश गरेको ध्यानाकर्षण पत्रमा उल्लेखित मुद्दा नै गलैचा श्रमिकको जीवनस्तर उठाउने आधार बताए । छठपछि हुने आन्दोलनका लागि तयार रहन श्रमिकहरुलाई आग्रह गरे ।

प्रतिकृया