एनएमबीका ग्राहकलाई सीजीका सामानमा ४० प्रतिशतसम्म छुट
प्रकाशित मिति
२०७८ आश्विन २० गते, बुधबार ०२:२६
२० असोज, २०७८ काठमाडौँ वडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबी बैंकले महाछुट अफर प्रस्तुत गरेको छ। उक्त अफरअन्तर्गत घटस्थापनादेखि सिजी डिजिटल तथा एलजी शपी शोरुमहरुबाट एलजी, सीजी, गोडरेज, टीसीएल, सेन्साई, केन्ट, एलिका र ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबीले आफ्नो तर्फबाट २० प्रतिशतदेखि एक हजार ५०० रुपैयाँसम्मको क्यास ब्याक सुविधाको व्यवस्था गरेको छ।
बैंकका अनुसा तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सकिने छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागि सीजी इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरिद गर्न पाउने गरी सम्झौता गरेको हो। एनएमबी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफूलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन्।
यसको लागि ग्राहकले सीजी डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्ने र उक्त खरिद रकमलाई एनएमबी बैंकले ईएमआईमा रुपान्तरण गर्ने जनाएको छ। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।








प्रतिकृया