• २० असोज २०८३, मंगलबार
  • १०ः५४ राती

शंखधरचोक स्थित दशैंतिहार बजारमेला- नगरप्रमुख श्रेष्ठ द्वारा उद्घाटन

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०४:४७

१६ असोज, २०७८ काठमाडौँ : मध्यपुर थिमिमाआज बायरिलाँ टोल सुधार समितिको आयोजनामा दशैं तिहार बजारको उद्घाटन नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गरेका छन् ।

National Life

समितिका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्तकार्यक्रममा समाजसेवी कृष्णलालगोजा श्रेष्ठ, कार्यक्रम संयोजक रत्नश्रेष्ठ, उपाध्यक्ष उमेश श्रेष्ठ, वडा अध्यक्ष कुमार श्रेष्ठ, विशेष अतिथि उपप्रमुख अञ्जना देवी मधिकर्मीले बजार प्रवद्र्धन गर्न यस्तो कार्यक्रमहरु प्रभावकारी हुने बताइन।


स्थानीयव्यापार प्रवद्र्धन गर्ने उद्देश्यले असोज १६ गतेदेखि कार्तिक २७ गनेसम्म दशै तिहार बजार संचालन हुने आयोजकले जानकारी दिएका छन् । प्रत्येक शनिबार सांस्कृतिक झांकी प्रस्ततु गर्नुका साथै नेवाः परिकारहरुको स्टल राखिने छ । त्यसै गरी प्रत्येक पसलबाट रू. १००० बराबर वा सोभन्दाबढी रकमको सामान खरिदमा उपहार कुपनको व्यवस्था आयोजकले गरेको समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया