• 4:06 pm

काठमाडौँ उपत्यकामा थपिए २५५ जना कोरोना संक्रमित

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०४:४३

१६ असोज, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन् ।


यस्तै पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । शनिबार १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया