पत्रकारिता तालिमको नाममा भ्रष्टचार गरेको भन्दै गाउँपालिका अध्यक्ष सहित ६ जना बिरुद्ध अख्तियारको मुद्दा
प्रकाशित मिति
२०७८ आश्विन १५ गते, शुक्रबार ०४:०५
१५ असोज, २०७८ काठमाडौँ : पत्रकारिता तालिमको नाममा भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको, कैलाश गाउँपालिका अध्यक्ष टंक बहादुर मोक्तान सहित ६ जना बिरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ। मोक्तान सहित फिलिंगो मिडिया संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकियअधिकृत लोक बहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल रहेका छन्।
आ.ब. २०७५/०७६ मा युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा २ लाख ६० हजार ९ सयका दरले भ्रष्टचार गरेको अख्तियारको दावि छ। अनियमितता गरेको भन्ने उजुरीका सम्बन्धमा अक्तियारले अनुसन्धान गरिरहेको थियो। मोक्तान सहित फिलिंगो मिडिया संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकियअधिकृत लोक बहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल रहेका छन्
तालिम संचाल गर्दा भए गरेको कामभन्दा बढी रु. २ लाख ६० हजार ९ भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएकोले जनहि २ लाख ६० हजार ९ सयका दरले बिगोदाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।








प्रतिकृया