• २० असोज २०८३, मंगलबार
  • २ः३५ राती

स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०१:१३

१५ असोज, २०७८ काठमाडौँ : स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन।

National Life

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसैँ आइसक्यो साउनदेखिको तलब पाएका छैनौँ। अर्थ नपठाएको जवाफ पाएका छौँ।’ वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तरगत सञ्चालित स्वतन्त्र संस्था भए पनि अर्थ मन्त्रालयले निकास नगरेको भन्दै आफूहरुले तलब नपाएको त्यहाँ कार्यरत एक नर्सले बताइन्।


नाम उल्लेख गर्न नचाहने तीन नर्सले भनिन्, ‘हाम्रो तलब रोकिएको छ। लेखामा जाँदा मन्त्रालयलै बजेट पठाएको छैन भन्ने जवाफ दिनुहुन्छ।’
दरबन्दीमा नगएका र फाजिलमा रहेका केही कर्मचारीको तलब नपाएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने,‘फाजिलमा रहेका कतिपय कर्मचारीलाई काम लगाइएको छैन। फाजिलमा रहेका काम नगरेका र दरबन्दीमा नगएका कर्मचारीहरुलाई तलब नदिइएको हो। अरु सबैले तलब पाइरहेको अवस्था छ।’

प्रतिकृया