• २० असोज २०८३, मंगलबार
  • १ः५३ राती

बलिउडमा डेब्यू गर्दै सैफ अली खानका छोरा इब्राहिम

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०१:२४

१५ असोज, २०७८ काठमाडौँ : बलिउड अभिनेता सैफ अलि खानका जेठा छोरा इब्राहिम अली खान करण जोहरको चलचित्रमार्फत बलिउडमा प्रवेश गर्न लागेका छन्। करण जोहरको आगामी चलचित्र ‘रक्की और रानीकी प्रेम कहानी’ मा इब्राहिमले सहायक निर्देशक भएर काम गर्न लागेको सैफ अली खानले बताएका छन्।

National Life

इब्राहिमले कामको बारेमा उनीसँग छलफल गरेको सैफले बताएका छन्। इब्राहिम सैफ अली खानकी पहिलो श्रीमती अमृता सिंहतर्फका छोरा हुन्। यी दुईको पहिलो सन्तान छोरी सारा अली खान बलिउडमा स्थापित नायिकामा दरिइसकेकी छन्।


अमृतासँग सम्बन्ध टुंग्याएपछि सैफले बलिउड अभिनेत्री करिना कपूरसँग विवाह गरेका थिए। सैफ र करिनाका ४ वर्षका तैमूर अली खान र ७ महिनाका जेह खान गरी दुई छोरा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया