• २१ असोज २०८३, बुधबार
  • २ः४१ राती

जंगली हात्तीले महिलालाई जंगलभित्र लग्योः महिलाको चप्पल, पोतेको झुत्तो र कपालको गुजुल्टो मात्र भेटियो

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०५:२७

१४ असोज, २०७८ काठमाडौँ : झापाकी एक महिलालाई जंगली हात्तीले सुँडले च्यापेर जंगलभित्र लगेको छ । ती महिलालाई अहिलेसम्म फेला पार्न सकिएको छैन। एउटा जंगली हात्तीले सुँडले बोकेर ती महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका ८ की ५० वर्षीया महिला लतुमाई मर्डीलाई हात्तीले जंगलभित्र लगेको हो।

National Life

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका-१० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वनभित्र बिर्तामोड नगरपालिका-८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए। सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले च्यापेर जङ्गलभित्र लगेको हो।


श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिकृया