• २१ असोज २०८३, बुधबार
  • ३ः१२ राती

‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ भन्ने नारा सहित महालक्ष्मी नगरपालिकाले मनायो ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस (भिडियो सहित)

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०५:२६

१४ असोज, २०७८ काठमाडौँ : अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा “बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा” भन्ने नाराका साथ महालक्ष्मी नगरपालिका ललितपुरले ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ। नगरपालिकाले नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा “ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम” सम्पन्न गरेको हो। कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगर प्रमुख र उपप्रमुखबाट सम्मान गरिएको हो ।

National Life

उपस्थित ज्येष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं १, २, ३, ५, ६, ८ र ९ का वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । भिडियो–



कार्यक्रममा १० वटै वडाका २ जना ज्येष्ठ पुरुष र २ जना ज्येष्ठ महिला गरी ४० जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण समेत गरिएको थियो। मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण पश्चात आवश्यक औषधी वितरण गरी ज्येष्ठ नगारिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले बा -आमाको सेवा, स्वास्थ्य उपचारमा टेवाू भन्ने नाराका साथ ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिने भन्ने महालक्ष्मी नगरपालिका ललितपुरको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम आजबाट शुभारम्भ भएको घोषणा गर्नुभयो ।


उहाँले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग हुनुभएकाले उहाँहरूप्रति सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा जोड दिनुभयो र नगरका सबै ज्येष्ठ नागरिकको प्रतिनिधित्व गर्दै कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै उहाँहरूको दिर्घायु र सुस्वास्थ्यको कामना गरे ।


त्यसैगरी कार्यक्रममा नगर उप्रमुख निर्माला थापा, सबै वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा नं ९ का वडा अध्यक्ष वासुदेव शर्मा गौतमले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रमको मर्म र उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले प्रकाश पारे । यससँगै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत नगरका प्रत्येक ज्येष्ठ नागरिकहरूको हरेक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्ने गरी महालक्ष्मी नगरपालिकाको नियमित स्वास्थ्य सेवाका रूपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

प्रतिकृया