• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

सगरमाथाको चुचुरो नजिक स्थापित मौसम स्टेशनले पायो गिनिज वर्ल्ड रेकर्डको मान्यता

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०९:०६

१४ असोज, २०७८ काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथामा स्थापित स्वचालित मौसम स्टेशनले गिनिज वर्ल्ड रेकर्डको मान्यता पाएको छ। रोलेक्ससँगको सहकार्यमा नेशनल जिओग्राफीका वैज्ञानिकसहितको आरोहण टोलीले सगरमाथाको दक्षिणी मार्गबाट गएर ८ हजार ४३० मिटरको उचाइमा स्थापना गरेको बाल्कोनी स्टेशनले विश्वकै अग्लो स्थानमा रहेको मौसम स्टेशनको मान्यता पाएको हो।

National Life

जलवायु वैज्ञानिकहरु टम म्याथ्युज र काकर पेरीसहितको टोलीले सन् २०१९ को मेमा सो स्टेशन स्थापना गरेको थियो। उनीहरुको टोलीले ७ हजार ९४५ मिटरको उचाइमा साउथ कोल स्टेशन र ६ हजार ४६४ मिटरको उचाइमा क्याम्प टू स्टेशन स्थापना गरेको थियो।


हिमाली क्षेत्रको मौसमी अवस्था र भइरहेको परिवर्तनबारे अध्ययनका लागि यी मौसम स्टेशनहरु महत्वपूर्ण रहेको जनाइएको छ। सो टोलीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावको अध्ययन पनि गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस क्रममा उनीहरुले सबैभन्दा माथिको उचाइबाट हिमतत्व संकलन गरेका थिए भने सबैभन्दा माथिल्लो उचाइबाट माइक्रोप्लाष्टी पनि ल्याएका थिए। गिनिज वर्ल्ड रेकर्डले त्यसलाई पनि मान्यता प्रदान गरेको छ।

प्रतिकृया