• २० असोज २०८३, मंगलबार
  • १०ः०४ राती

उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०४:०४

१३ असोज, २०७८ गोरखा : उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेत र छेकम्पारमा चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

National Life

‘हिजो चुम्चेतमा करिव ३५ क्वीन्टल (१ सय १४ बोरा) चामल ढुवानी गर्‍यौं’ कार्यालयका सूचना अधिकारी शिव सुनारले भने, ‘आज छेकम्पारमा करिव ६० क्वीन्टल चामल गयो ।’ आइतबार चामल ढुवानी गर्ने योजना रहेपनि मौमस अनुकुल नभएका कारण हेलिकप्टर उडान हुन नसकेको बताइएको छ । पहिरोका कारण उत्तरी गोरखा जाने पदमार्ग अवरुद्ध हुँदा खाद्यान्न ढुवानीसँगै मानिस आउजाउमा समस्या हुँदै आएको छ ।


केही दिन अघिमात्र गुम्बा उद्घाटनका लागि उत्तरी गोरखा पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई स्थानीयले अवरुद्ध पदमार्ग खुलाउन र खाद्य संकट हुन नदिन आग्रह गरेका थिए । गृहमन्त्री खाँणले अवरुद्ध पदमार्ग खुलाउने र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाबाट खाद्यान्न व्यवस्था हुने आश्वासन दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि पनि नेपाली सेनाको हेलिकप्टरबाट उत्तरी गोरखामा १ सय ९९ क्वीन्टल भन्दा बढी चामल ढुवानी गरिसकेको कार्यालयले जनाएको छ ।

प्रतिकृया