• १५:०२ २०८० चैत्र १५ गते
  • 3:02 pm

कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०३:४६

5ead3d2569aca Qatar Airways

१३ असोज, २०७८ दोहा : कतार एयरवेज समूहले सन् २०२०/२१ को आफ्नो बार्षिक प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड ९१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको छ ।


कतार एयरवेज समूहले आफ्नो कूल घाटा कतारी रियाल १९/९ बिलियन (अमेरिकी डलर ४.१ बिलियन) देखाएको छ । यस मध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन)को कारकका रुपमा एयरलाइन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउन्डिङ सम्बन्धी एक पटकको हानी शुल्क रहेको छ । महामारीका दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ ।


यो सन् २०१९/२० का तुलनामा ७ प्रतिशतले कम हो । साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन ९अमेरिकी डलर १.४ बिलियन०का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन) का साथ ईबीआईटीडीएमा उल्लेखनीय सुधार हात पारेको छ । समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तरता दिँदै सन् २०२०/२१ मा आफ्नो बजार अझ विस्तारित गरेको छ ।


महामारी चरमोत्कर्षको रहेको समयमा कार्गोले आफ्नो दैनिक सेवा तीन गुणा भन्दा बढाएर एकै दिनमा १८३ उडान भर्दै सन् २०२० को मे महिनामा रेकर्ड नै राख्न सफल भएको जनाएको छ । कार्गोले पनि माल ढुवानीमा अघिल्लो आर्थिक बर्ष २०१९/२० का तुलनामा २०२०/२१ मा २७,२७,९८६ टन ९चार्जेबल तौल०का साथमा ४.६ प्रतिशत बढोत्तरी हात पारेको छ । माल ढुवानीमा आएको यो बढोत्तरीका साथै कार्गो यिल्डमा आएको उल्लेख्य बृद्धिले कार्गो वाहकको आम्दानीमा पनि दोब्बर भन्दा बढी बृद्धि भएको छ ।


समूहको इतिहासमै अहिलेसम्मकै सर्वाधिक कठिन बर्ष झेले पनि आफ्नो बलियो व्यवसायिक आधार मार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गन्तब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पु¥याएको छ । अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गन्तव्यमा आफ्नो उडान आरम्भ गरेको छ ।


समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाइन्ससँग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

प्रतिकृया