नेप्सेको पहिरो थामियो, तीन दिनपछि बजार हरियाली

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०३:२५

nepse e1655373223492

१३ असोज, २०७८ काठमाडौँ : लगातार तीन दिनदेखि तीव्र गतिमा ओरालो लागेको सेयर बजारमा आज एकाएक हरियाली छाएको छ । नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै आज २६६५.९४ विन्दुमा पुग्यो ।


बजार खुलेदेखि उतारचढाव बेहोरेको नेप्से बजार बन्द हुँदा परिसूचक बढेको हो । आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।


ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लाग्यो । सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर करिब ४ प्रतिशतका दरले बढेको छ ।

प्रतिकृया