• २० असोज २०८३, मंगलबार
  • ७ः४२ बेलुका

लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’को उपाधि

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०३:१४

१३ असोज, २०७८ काठमाडौँ : लक्ष्मी बैंक एसियन डेभलपमेन्ट बैंकको २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ । सो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडीबीसँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

National Life

एडीबीले सो उपाधिहरू जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधारमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठूला संस्थाहरूसँग कारोबार गरी सबै भन्दा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।


एडीबीको ‘लिडिङ पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचालन क्षमता, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापनको सुदृढिकरण गर्ने प्रयासहरूलाई अझ सार्थक बनाएको बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया