• १९ असोज २०८३, सोमबार
  • ९ः२७ राती

मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार १२:३३

१३ असोज, २०७८ काठमाडौँ : राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका-८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ ।

National Life

राक्सिराङ गाउँपालिका-८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला

Classic Tech Mobile
Classic Tech Desktop

कास्की, पोखरा महानगरपालिका-१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका-२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया