• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

राष्ट्रिय वाािण्ज्य बैंकको Point of Sale (POS) कारोबारमा क्यास ब्याक अफर

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०५:१७

१२ असोज, २०७८ काठमाडौँ : राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१ हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

National Life

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।


यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५% अधिकतम क्यास ब्याक वा रु.५ सय ६ देखी १० पटकको Card Swipe मा १०% अधिकतम क्यास ब्याक वा रु.७ सय ५०, ११ देखी १५ पटकको Card Swipe मा १५% अधिकतम क्यास ब्याक वा रु.१ हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग संचालनमा रहेका छन् ।

प्रतिकृया