• ४ साउन २०८३, सोमबार
  • १:२२ बिहान

हाम्रो पूर्वाधार नभए देश संचार बिहिन हुन्थ्यो : कुलमान घिसिङ  (भिडियो)                    

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०५:१८

१२ असोज, २०७काठमाडौँ : विद्युत प्राधिकरणको पूर्वाधार नभएको भए देशमा  कुनै पनि संचार नहुने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै धिसिङले भने “आईसिटीको मुख्य पूर्वाधार भनेको प्राधिकरणको पूर्वाधार नै हो, हाम्रो पूर्वाधार नभए देश संचार बिहिन हुन्यो”। प्राधिकरण  पोल भाडा बढाएको बिषयलाई लिएर ईन्टरनेट सेवा प्रदायकहरुले बिरोध गरिरहेका बेला प्राधिकरणका निर्देशक कुलमान घिसिङले सहकार्य गरेर यस्तो बताएका हुन्।  भिडियो



भाडा बढाउनुमा नाफा कमाउने उद्देश्य नभई पुर्वाधार सेयरिङ होस भन्ने आफ्नो चाहाना भएको समेत उनले बताए। ईन्टरनेट प्रदायकलाई सहज होस भनेर भुमिगत तार बिस्तारको क्रममा ३ वटा डक लाईन सहित ४८ कोरको फाईवर लाईन समेत संगै बिस्तार गरेको धिसिङले जानकारी दिए। प्राधिकरणले यहि १५ गते भित्र पोल भाडा नबुझाए आईएसपीका तार काटिने यस अघि बताए पनि घिसिङले यस बिषयमा भने केहि बोलेन् ।

Kamana Sewa

ईन्टरनेट प्रदायकले भने बढेको भाडाका कारण ईन्टरनेटको मुल्य बृद्धि गर्नुपर्ने अवस्था आउने भएकाले यसको मार आम उपभोक्तालाई पर्ने भएकाले पोल भाडादर बृद्धि गर्न नहुने जिकिर गरिरहेका छन्। इन्टरनेट सेवाप्रदायक संघ नेपालमा अध्यक्ष सुधीर पराजुलीले इन्टरनेटको मूल्य बढाउने वा नबढाउने भन्ने जिम्मा आफ्नो हातमा नभई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हातमा रहेको बताए । ‘इन्टरनेट बिना आजको समयमा केही पनि चल्दैन,’ उनले भने, ‘तर नेपाल विद्युत प्राधिकरण भने चर्को रुपमा विद्युत पोलको भाडा बढाउन लागि परेको छ।

Classic Tech Desktop

अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेटको तार काट्दा आइपर्ने समस्याको जिम्मेवार समेत विद्युत प्राधिकरण नै हुने अध्यक्ष पराजुलीले बताए । लिखित रुपमा हामीले इन्टरनेटको मूल्य नबढ्ने गरी समस्या समाधान गरौँ भनेर संवाद अगाडि बढाए पनि प्राधिकरण भने एकलौटी रुपमा इन्टरनेटको तार काट्छु भनेर हिँडेको पराजुलिले बताए।  

प्रतिकृया