भक्तपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नागरिक अभिन्दन
प्रकाशित मिति
२०७६ असार ७ गते, शनिबार ०६:४२
भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिन्दन गरिएको छ ।
विं स १९७७ बैशाख ३० गते ललितपुरको बखूंवहाल टोलमा जन्मनु भएको शताव्दी पुरुष जोशीले कला, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरि भक्तपुरका संघीय सांसदहरु र प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति तथा चार वटा नगरपालिकाका प्रमुखहरुले पुरातत्वविद् जोशीलाई नागरिक अभिनन्दन गर्नु भयो ।
जोशीलाई तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलासभक्त प्रधानाङ्गले नेवारी परम्परागत रुपमा अभिनन्दन गर्नुभयो ।
उहाँलाई पहिला सगुनले अभिनन्दन गरिएको थियो । सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरद्वारा आयोजित अभिनन्दन कार्यक्रममा जोशीलाई करिब ३ फिट अग्लो ताम्रापत्रले अभिनन्दन सम्मान गरिएको थियो।
जोशीलाई नेवारी परम्परागत बाजागाजासहित मध्यपुर थिमी र भक्तपुर नगरक्षेत्रको परिक्रमा गराइएको थियो । भक्तपुरको दत्तात्रयबाट सुरु गरिएर्को याली गोल्मढी, सुकुलढोका, दरबार क्षेत्र, टौमढी क्षेत्र, गःहिटी, नासमना, वंशगोपाल हुँदै बाराहीस्थानमा नागरिक अभिनन्दन गरिएको थियो । भक्तपुरमा नै आफ्नो राजनीतिक कर्म थलोको रुपमा रहेको नेमकिपाका जनप्रतिनिधिहरुको उपस्थिती भने देखिएको थिएन । ।
स्कुलका शिक्षक, विद्यार्थी तथा विभिन्न टीम, क्लव, संघसंस्थासमेत आआफ्नो ब्यानरसहिर्त यालीमा सहभागी रहेको थियो ।
शताब्दी पुरुष सत्यमोहन जोशी मूल अभिनन्दन समारोह समितिका संयोजक नरेन्द्र भक्त हाडाको सभापतित्वमा सप्पन्न कार्यक्रममा अभिनन्नन्दित जोशीले आफू सय बर्ष भएकोले अभिनन्दन गरेको होइन कला, भाषा, संस्कृती आफुले काम गरेको योगदानलाई सम्मान गरेको बताउनुभयो ।
उहाँले ‘भक्तपुर अत्यन्तै संस्कृतिले धनी भएको ठाउँ हो । यहाँ विश्व सम्पदा सुचिमा रहेको पाँच तल्ले मन्दिर दतात्रय मन्दिर भक्तपुरको मात्र नभएको विश्वकै भएको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिभाका सांसद महेश बस्नेतले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको भव्य अभिनन्दन कार्यक्रममा आफुले पनि सरिक हुन पाउँदा ज्यादै खुशी व्यक्त गर्नु भयो । सरकारले भक्तपुरको लागि आगामी बजेटमा ३ अर्व भन्दा बढी बजेट आएको त्यसमा कला संस्कृतिमा पनि बजेट रहेको जानकारी गर्नु भएको छ ।
राष्ट्रको अभिभाव तथा सादा जीवन उच्च विचाकार धनीको रुपमा जोशी रहेको भन्दै उहाँले भक्तपुर कला, संस्कृति तथा परम्पराको केन्द्रविन्दु रहेको बताउनुभयो । कला र संस्कृतिको माध्यमबाट भक्तपुरको मुहार फेर्न सकिने समेत उहाँको जोड रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल मुल आयोजक समितिका सह संयोजक त्रिरत्न शाक्य भैरव रिसाल, तिकल प्रसाद कायस्थ रमापतिराज शर्मा महेन्द्र गोपाल कर्मचार्य लगाएयतले सत्यमोहन जोशीको योगदानबारे चर्चा गर्नु भयो ।
सम्मान कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसदहरु डा. राजेन्द्रमान श्रेष्ट, रजनी जोन्छे, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, चागुँनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापा, मध्यपुरथिमीका मदन सुन्दर श्रेष्ठलगायतद्धारा सम्मान गरिएको थियो ।






प्रतिकृया