• ३१ भदौ २०८३, बुधबार
  • ७ः२० बेलुका

खरिदार घुस रकम सहित रगेंहात पक्राउ

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०६:५०

 

National Life

बाराका खरिदार घुस रकम सहित रगेंहात पक्राउ परेका छन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिएको टोलीले खरिदार सुनिल चौधरीलाई सेवाग्राहीसँग रू.१८ हजार घुस रकम सहित रगेंहात पक्राउ गरिएको प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिए । अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको चौधरी माथी आरोप छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष सूचना एवं उजुरीको आधारमा चौधरीलाई घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिईएको अख्तियार अनुसन्धानको कार्यालय मकवानपुरले बताएको हो। जिल्ला अदालत कलैया,बाराका खरिदार सुनिल चौधरी माथी थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया