• १९ असार २०८३, शुक्रबार
  • ६:०५ बेलुका

 बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:१८

बाजुरामा हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई जिल्लामा उपचार हुन नसक्दा हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

Kamana Sewa

गर्भवती विकको मुखबाट ¥याल आउने, पेट दुख्ने, टाउको दुख्नेलगायत विभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकाले  सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए ।

Classic Tech Desktop

गाउँपालिकामा गरीबी र अशिक्षाका कारण यस्ता रोगले समस्या हुने गरेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

प्रतिकृया