• ४ साउन २०८३, सोमबार
  • ५:०३ बिहान

नेपालमा पर्यटन सुन्दरी प्रतियोगिता हुँदै

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०९:५५

काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यस वर्षको ‘मिस टुरिज्म–२०१९’ को चौथो संस्करण आगामी साउन महिनामा आयोजना हुने भएको छ ।

Kamana Sewa

नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘मिस टुरिज्म’ प्रतियोगिता आयोजना हुने भएको छ । पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रूपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई लिने गरिन्छ ।

Classic Tech Desktop

प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद ५० हजार, फस्ट रनरअपलाई ३० हजार र सेकेन्ड रनरअपलाई २० हजार प्रदान गरिनेछ । विजेतालाई ब्रान्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।

सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् । नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पु¥याउने गरी गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरूको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक ले बताएका छन ।

निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

आगामी २५ साउनमा आयोजना हुने यसको अन्तिम प्रतिस्पर्धाका लागि शुक्रबारदेखि देशभर आवेदन खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी २० असारसम्म आवेदन दिन पाउने छन् ।

काठमाडौं, पोखरा र चितवनमा अडिसन लिइने र छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

प्रतिकृया