• १ असोज २०८३, बिहीबार
  • १०ः५५ बिहान

बाल–यौन हिंसामा मिलापत्र

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०९:०९

कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए ।

National Life

गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया बालिकालाई सार्ववनिक सवारी साधनभित्रै यौनाङ्गमा चोट पुग्नेगरी दुव्र्यवहार गरेका थिए । पीडकले पीडितलाई एक लाख रुपियाँ दिने र पीडितले कतै मुद्दा नदिने शर्तमा जेठ १४ गते कागज गराएर सहमति गरिएको थियो ।
नेपाल समाचारपत्रबाट साभार

प्रतिकृया