• १ असोज २०८३, बिहीबार
  • १२ः०८ दिउँसो

५ सय ३२ नेपाली विदेशी जेल भीत्र

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार ०९:०४

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये ५ सय ३२ जना जेल परेको छ । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरू सम्बद्ध मुलुकको कानुनविपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल परेका हुन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये ५ सय ३२ जना विभिन्न आरोपमा जेलमा छन् ।

National Life

सबैभन्दा बढी मलेसियाको जेलमा छन् । बोर्डका अनुसार मलेसियामा २ सय ४ जना जेलमा छन् । दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा १ सय ८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन् ।
नागरिक दैनीकबाट साभार

प्रतिकृया