• ४ साउन २०८३, सोमबार
  • ३:१६ बिहान

हिजो विहान देखी सम्पर्कविहीन भएका होटल व्यवसायी मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०५:३०

२९ साउन, २०७८ काठमाडौँ : बिहीबारदेखि सम्पर्कविहीन भएका पर्वतको कुस्मास्थित मुस्ताङ होटलका सञ्चालक गजेन्द्र तुलाचन मृत फेला परेका छन् । झुण्डिएको अवस्थामा उनलाई शुक्रबार दिउँसो बागलुङ नगरपालिका-१० डबल्याङमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।


मर्निङवाकका लागि भन्दै बिहीबार बिहान घरबाट निस्किएका उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

Kamana Sewa

प्रतिकृया