• ३१ भदौ २०८३, बुधबार
  • ८ः२८ राती

भोलि हुने पीएसजीको खेलमा मेस्सीलाई देख्न पाइएला ?

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०३:१२

२९ साउन, २०७८ काठमाडौँ : लियोनेल मेस्सीलाई आबद्ध गरेयता पेरिस सेन्ट जर्मन(पीएसजी)ले शनिबार पहिलो खेल खेल्दै छ। फ्रान्सको घरेलु लिग, लिग वानमा पीएसजीले स्ट्रासबर्गसँग खेल्न लागेको हो। यो सिजन पीएसजीको यो दोस्रो घरेलु लिग खेल हो। गत साता भएको पहिलो खेलमा नवप्रवेशी ट्रोएसलाई २-१ गोलले हराएको थियो।

National Life

मेस्सी यतिबेला दिनहुँ प्रशिक्षण गरिरहेका छन्, पीएसजीको टोलीसँग। मेस्सीले शनिबारको खेल खेल्नेबारे केही बाहिर आएको छैन। तर उनी तत्काल पीएसजीका खेलमा देखिने सम्भावना कम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। जुलाई १० तारिखमा भएको कोपा अमेरिका फाइनलपछि मेस्सी मैदानमा देखिएका छैनन्। उनले प्रशिक्षणमा समेत सहभागी थिएनन्। जुन ३० तारिखपछि उनी बार्सिलोनाबाट समेत स्वतन्त्र भएका कारण उनि क्लबबिहीन बनेका थिए।


त्यसैले नयाँ सिजन सुरु हुनुअघि हुने प्रीसिजन खेलहरुमा उनी देखिएनन् नत प्रशिक्षणमा सहभागी भए। पीएसजीले अगस्टमा थप दुई वटा घरेलु लिग खेल खेल्दै छ। अगष्ट २० मा ब्रेस्ट र अगस्ट २९ तारिखमा स्टेडे डे रैम्सविरुद्ध खेल्दै छ। दुवै टोली तुलानात्मकरुपमा कमजोर मानिन्छन्। सेप्टेम्बरको पहिलो साता विश्वकप छनोटका खेलहरु भएकाले मेस्सीले अर्जेन्टिनाका लागि पनि खेल्नुपर्ने छ। सोही महिना च्याम्पियन्स लिगका खेलहरु पनि सुरु हुँदैछन्। सेप्टेम्बरको १४ तारिखमा पीएसजीले च्याम्पियन्स लिगको यात्रा सुरु गर्दै छ।

Classic Tech Mobile
Classic Tech Desktop

मेस्सीले आफूले प्रीसिजन आवश्यक रहेको बताएका छन्। पीएसजीले सार्वजनिक गरेको कार्यक्रममा मेस्सीले आफुलाई प्रिसिजन आवश्यक रहेको र त्यसबारे क्लबको टेक्निकल टिमलाई पनि जानकारी गराएको बताएका छन्। आफू जतिसक्दो चाँडो मैदान फर्कन चाहेको तर कहिलेबाट भन्ने चाहिँ यकिन गर्न नसक्ने उनको भनाइ छ।


‘जब म महसुस गर्छु र टेक्निकल टिमले पनि म ठिक छु भन्ने ठान्दछ त्यसपछि म मैदान उत्रन तयार हुने छु’, त्यस कार्यक्रममा मेस्सीले भनेका थिए। पीएसजीले घरेलु लिगका पछिल्ला ९ मध्ये ७ संस्करण जितेको छ। अघिल्लो सिजन भने उपाधि जित्न असफल भएको थियो। उसले हालसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन। सन् २०१९/२० सिजन भने फाइनलसम्म पुगेको थियो। यता अर्जेन्टिनाले सेप्टेम्बर २ तारिखमा भेनेजुएलाविरुद्ध विश्वकप छनोट खेल्दै छ। सेम्टेम्बर १० तारिखमा बोलिभियासँग खेल्ने छ।

प्रतिकृया