• १० असोज २०८३, शनिबार
  • ११ः३० राती

प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०७:२०

२६ साउन, २०७८ काठमाडौँ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

National Life

आज दिउँसो देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


यस्तो छ तीन दिनको पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

श्रावण २६ गते मंगलबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


श्रावण २७ गते बुधबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


श्रावण २८ गते बिहिबार

दिउँसो : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया