१ महिनामा ६१ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जाको बृद्धि कायमै

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०७:२६

1621687119 OwTzM e1628559684286

२६ साउन, २०७८ काठमाडौँ :  साउन महिनामा बैंकहरुको निक्षेप ६१ अर्बले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार साउन २५ गतेसम्ममा बैंकको निक्षेप ६१ अर्बले घट्दा कर्जा ११ अर्बले बढेको छ । असार मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब थियो ।


उक्त निक्षेप २५ गतेसम्म आइपुग्दा घटेर ४१ खर्ब ४० अर्बमा झरेको छ । सो मध्ये स्वदेशि मुद्राको निक्षेप ४० खर्ब २० अर्ब तथा बिदेशि मुद्राको निक्षेप १ खर्ब २० अर्ब रहेको छ । त्यस्तै, कर्जा प्रवाह तर्फ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेकोमा ११ अर्बले बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ ।

प्रतिकृया