गुठी विधेयक प्रति मध्यपुर थिमिमा विरोध
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार ०९:४०
भक्तपुर । सरकारले सङ्घीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ मा रहेका धेरै प्रावधानहरू प्रति गुठीयारहरुले विरोध गरेका छन्।

एक हप्तादेखि लगातार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विरोध सभा भइरहेका छन्। विधेयकका प्रतिलिपि जलाइँदैछ।

त्यस्तै गुठी विधेयकको बिरोधमा भक्तपुरको मध्यपुर थिमिमा पनि स्थानीय आन्दोलित भएका छन्।

मध्यपुर थिमिको बहाखा बजारदेखि शंखधर चोकसम्म मसाल जुलश प्रर्दशन गरिएको हो ।
स्थानीय गुठीयारको अगुवाईमा भएको जुलुस प्रर्दशनीमा सहभागी हुन भक्तपुर र मध्यपुर थिमिका विभिन्न स्थानबाट हजारौं सहभागी सडकमा उत्रिएका थिए ।

उनीहरुले धर्म संस्कृति मास्न पाँइदैन, गुठी बिधेयक फिर्ता गर जस्ता नारा लगाउँदै जुलुसमा सहभागि भएका थिए ।

त्यस्तै भक्तपुरको टौमढीमा समेत गुठी बिधेयकको बिरुद्धमा विरोध सभा गरिएको थियो ।







प्रतिकृया