• २५ भदौ २०८३, बिहीबार
  • ९ः३९ राती

दीपिका पादुकोणलाई १४ करोड अफर

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०२:५४

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा अभिनेता रणवीर सिंह कपिल देवको भूमिका निभाउँदै छन् ।

National Life

फिल्ममा गेस्ट अपियरेन्समा दीपिका कपिल देवको श्रीमती बन्दै छिन् । लण्डनमा छायांकन हुने यस फिल्मको चर्चा निर्माण घोषणा देखि नै चलि आएको छ । यस्तैमा यस फिल्मसंग जोडिएको एउटा खबर सार्वजनिक भएको छ ।

भारतीय मिडियाका अनुसार चलचित्रमा अभिनय गर्नको लागि दीपिकाले लिएको पारिश्रमिकले गर्दा निकै चर्चा बढेको छ । फिल्ममा अभिनय गर्नका लागि नायक नायिकाले लिने गरेको पारिश्रमिकले गर्दा चर्चामा आउने गरेका छन् । यो चलचित्रका लागि दीपिकाले १४ करोड भारतीय रुपैयाँ लिने भएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्माण टिमले आफै दीपिकालाई उक्त रकमको अफर गरेको हो । यो पारिश्रमिक गेस्ट अपियरेन्सको नायिकाको लागि धेरै नै रहेको छ । रणवीर अहिले क्रिकेट सिकिरहेका छन् । दीपिका भने उनको नयाँ चलचित्र ‘छप्पक’मा व्यस्त छिन् ।

१९८३ मा भारतले विश्वकप जितेको कथालाई समेटेर ८३ मा रणवीर र दीपिकासँग एमी विर्क, ताहिर राज भसिन, साकिब सलीम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधू लगायतका कलाकारहरुको अभिनय रहने छ । कबिर खानले निर्देशन गर्न लागेको यो फिल्म २०२० अप्रिल १० तारिखमा रिलिज हुने भएको छ।

प्रतिकृया