• १९ असोज २०८३, सोमबार
  • ५ः४९ बेलुका

कोरोना निको भएपछि दीप श्रेष्ठ भ्वाइस अफ नेपालको छायांकन सेटमा फर्किए

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०६:२९

काठमाडौं : कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरेका बरिष्ठ गायक दीप श्रेष्ठ टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचको रुपमा छायांकन सेटमा फर्किएका छन् । उनी उपचारका क्रममा दुई साता अस्पतालमा रहँदा उनको ठाउँमा राजेशपायल राई कोचको रुपमा आएका थिए ।

National Life

तर, अब कोरोनाबाट निको भएपछि श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले बताए । उनले भने दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’


सोमा अहिले अन्तिम १२ का प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरुको भविष्य निर्भर हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया