• १२ असोज २०८३, सोमबार
  • ४ः४८ बेलुका

क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरूसँग पौडेल पक्षको छलफल

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०२:३९

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन्। काठमाडौँको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन्।

National Life

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले छलफल भर्खरै सुरू भएको बताए। बिहीबार दिउँसो भएको उक्त छलफलमा क्रियाशील सदस्यता वितरणमा भएका अनियमितताबारे कुराकानी भइरहेको छ। कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् भने पाँच हजार उजुरी परेकोमा अधिकांश उजुरी छानबिन भइसकेका छन्।


कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्दैछ। भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया