• १३ असोज २०८३, मंगलबार
  • ४ः५८ बेलुका

भारतमा कोरोना संक्रमितको मृत्युदर पनि घट्यो

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ११:०८

काठमाडौँ : भारतमा कोरोना संक्रमण ओरालो लाग्दै गएको छ। पछिल्लो २४ घण्टामा ३४ हजार ७०३ नयाँ संक्रमित थपिएका छन्। यो अवधिमा ५१ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् भने ५५३ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

National Life

अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या ३ करोड ६ लाख १९ हजार ९३२ पुगेको छ। ती मध्ये २ करोड ९७ लाख ५२ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ३ हजार २८१ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ।


अहिले भारतभर ४ लाख ६४ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। भारतले आफ्ना ३५ करोड ७५ लाख ५३ हजार ६१२ भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया