• १३ असोज २०८३, मंगलबार
  • २ः२४ दिउँसो

युनाइटेड सिमेन्ट्सले पायो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०६:२८

काठमाडौँ : युनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ। ५३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ।

National Life

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो। नेपालमा मात्र नभई विदेशका ठुल्ठूला संरचनामा पनि यो ग्रेडको सिमेन्ट प्रयोग हुँदै आएको छ।


पारिवारिक घर निर्माणसहित गगन चुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, विशाल पुल, राष्ट्रिय गौरवका आयोजना, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।


५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने उद्योगले जनाएको छ।

प्रतिकृया