• १३ असोज २०८३, मंगलबार
  • १ः१४ दिउँसो

के ‘आदीपुरुष’ले तोड्ने छ बाहुबलीको रेकर्ड ?

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार १०:५८

एजेन्सी : सुपरस्टार प्रभास अभिनित फिल्म ‘आदीपुरुष’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो । फिल्मको बिषयमा अहिले नयाँ खबर बाहिर आएको छ । खबरका अनुसार यो फिल्म भिएफएकसको मावलामा प्रभासको यस अगाडिको सुपरहिट फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’ का रेकर्ड तोड्ने छ ।

National Life

एमएस राजमौलीको निर्देशन रहेको फिल्म ‘बाहुबली २ः द कन्क्लुजन’मा २५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । धेरै भिएफएक्स भएको बलिउडको यो पहिलो फिल्म पनि हो । ‘आदीपुरुष’मा भने त्यो भन्दा पनि बढी ८००० भिएफएक्स समेटिएको समाचार बाहिर आएको छ । जो बाहुबलीको तुलनामा तीन गुण भन्दा पनि बढी हो ।


निर्माण युनिट कोभिड १९ को कहर सामान्य भएपछि फिल्म युनिट गर्ने तयारीमा छ । फिल्मको रिलिज अगष्ट २०२२ मा हुन सक्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया