• २८ भदौ २०८३, आइतबार
  • १ः५६ दिउँसो

बाहुबली सुपरस्टार प्रभासको ’साहो’ को टिजर रिलिज

प्रकाशित मिति

२०७६ जेष्ठ ३० गते, बिहीबार १२:५५

गौरब निरौला ।
यसै वर्ष १५ अगस्टमा रिलिज हुने तय भएको फिल्म साहो को टिजर आज रिलिज भएको छ ।

National Life

टिजरमा प्रभास र श्रद्धा कपुर लाई एक्सन अवतारमा देख्न सकिन्छ । टिजरमा अत्याधिक द्धन्द्धको सिन रहेको छ । टिजर रिलिज भएको १ घन्टा भित्रै १ लाख २३ हजार भन्दा बढि लाइक तथा ४ लाख ८० हजार भन्दा बढिको भ्यू पुगेको छ । साथै युटुब्बको कमेन्ट बाट फिल्म ले राम्रो ब्यापार गर्ने अनुमान लगाउन सकिनेछ ।

बलिउडमा निकै रुचाइएको चलचित्र ‘बाहुबली’ पछि दक्षिण भारतीय सुपरस्टार प्रभासको नयाँ चलचित्र ‘साहो’ प्रदर्शनको मिति घोषणा भइसकेको थियो र घोषणा भएदेखि नै प्रभास तथा श्रद्धा कपुर स्टारर एक्सन सिनेमा ’साहो’ चर्चामा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

’बाहुबली’ले प्रभासलाई दिलाएको चर्चा र सिनेमाका रिलिज भएका सामान्य टिजर तथा पोस्टरले दर्शकहरूमा सिनेमाको ब्यग्रता बढेको बढ्यौ छ। सिनेमाका रिलिज भएका हरेक चिज रिलिज हुने बित्तिकै सामजिक संजालमा भाइरल हुँदै आएका छन्।

यस्तै सिनेमामा रहेको श्रद्धा कपुरको नयाँ लुक हिजो सार्वजनिक भएको थियो । प्रभासले आफ्नो ट्वीटरबाट श्रद्धाको सो लुक सार्वजनिक गरेका हुन्। यो लुक पनि सार्वजनिक भएलगत्तै भाइरल बनेको थियो ।

फिल्ममा प्रभासले बलिउड अभिनेत्री श्रद्धा कपूरसँग रोमान्स गरेका छन् । तेलगु र तमिलका अलावा हिन्दी भाषामा पनि फिल्म रिलिज हुँदैछ, जसका लागि प्रभास हिन्दी सिकिरहेका पनि थिए ।

भारतीय मिडियाका अनुसार, उनलाई दक्षिण भाषा बोल्न गाह्रो नभए पनि हिन्दी भाषाका लागि भने निकै समस्या भएको थियो ।

यस सिनेमामा प्रभास र श्रद्धाका अलावा नील नितिन मुकेश, मन्दिरा बेदी, ज्याकी श्राफ तथा चंकी पाण्डेको समेत अभिनय रहेको छ।

सुजित रेड्डीले निर्देशन गरेको यो चलचित्रमा ९० प्रतिशत वास्तविक एक्सन दृश्य समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिकृया