२ वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु , चार जना घाइते
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार १२:०४
सर्लाहीको हरिपुर नगरपालिकामा २ वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरी रहेका छन् । मृतक दुवै मोटरसाइकल चालक भएको प्रहरीले जानकारी गराएको छ ।
ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् ।
हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प६९२२ नम्बरको मोटरसाइकल र ज२प७८८६ नम्बरको मोटरसाइकल एकापसमा मंगलबार राति करीब १०ः३० बजे दुर्घटना भएको हो
दुवै मोटरसाइकलमा चालकसहित तीन–तीन जना बसेका थिए । सो सम्बन्धमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।






प्रतिकृया