• १२ असोज २०८३, सोमबार
  • ८ः२० राती

सांसद बस्नेतद्वारा भक्तपुरमा नमुना पार्कको शिलान्यास

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०४:३८

काठमाडौँ : भक्तपुरको सूर्यबिनायक नगरपालिकामा नमुना पार्क निर्माण गर्ने भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको उपस्थितिमा उक्त नमुना पार्कको शनिबार शिलान्यास गरिएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा निर्माण गर्न लागिएको पार्ककको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको खड्का गाँउमा हुने भएको छ ।

National Life

करिव १५ रोपनी जग्गामा फैलिने उक्त पार्क प्राधिकरणद्वारा विनियोजित ५० लाख रुपैयाँको सुरु लागतमा बन्ने भएको बताए । साथै सुर्यबिनायक नगरपालिका वडा नं ७ साबिक गुण्डू ९ को ५२ रोपनि प्रति जग्गा (कान्छी डाँडा)मा ओैधोगिक ग्राम निर्माण गर्न नेपाल सरकारबाट ९२ लाख बजेट स्वीकृत गराई उक्त स्थान पुर्वाधार बिकाशका लागि स्थलगत निरिक्षण समेत गरिएको थियो ।


उक्त अवसरमा महेश बस्नेतका साथमा सूर्यबिनायक नगरप्रमुख बासुदेव थापा र प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कडेलको पनि सहभागी थियो । भक्तपुरलाई विकासको नमुना बनाउने अभियानमा लागेका बस्नेतले हरेक दिन नयाँ विकास निर्माण काममा सहभागी हुनेदेखि लिएर भक्तपुरको विकासका लागि केन्द्रीय नीति, निर्माणदेखि सम्बन्धित निकायका ढोका ढक्ढक्याउने काम गरिनै रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया