• १६ असोज २०८३, शुक्रबार
  • ११ः१३ राती

नयाँ बानेश्वरमा क्रेनले उचालेर राखियो आकाशे पुल

प्रकाशित मिति

२०७८ जेष्ठ २६ गते, बुधबार ०५:४०

काठमाडौँ : काठमाडौंको नयाँ वानेश्वरमा निर्माण गरिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ । भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ । करिब ३ करोड १० लाख रुपैयाँ लागत रहेको उक्त आकाशे पुल काठमौं सडक डिभिजन कार्यालयले निषेधाज्ञामा मानिसहरुको आवतजावत नहुने बेला पारेर निर्माण गरेको हो ।

National Life

बुधबार आकाशे पुललाई खम्बामा चढाउन दुईवटा क्रेन प्रयोग गरिएको थियो । गत वर्षदेखि निर्माण भएको पुल गत वर्षको लकडाउन र महामारीका कारण केही ढिलाइ भएको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले जानकारी दिए । आकाशे पुललाई खम्बामा चढाए पनि निर्माणका केही काम भने अझै बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया