• १७ असोज २०८३, शनिबार
  • २ः४० राती

प्याब्सनका सल्लाहकार राजकुमार महर्जनको निधन

प्रकाशित मिति

२०७८ जेष्ठ २५ गते, मंगलवार ०९:१२

भक्तपुर : कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ? कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ ।

National Life

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज निधन भएको हो ।


प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष, भक्तपुरका पूर्वाध्यक्ष महर्जनलाई कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत वैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना गरिएको थियो । उनका दाइ श्याम महर्जनले कोरोना पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने प्रयास असफल भएको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

विसं २०२६ कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मेका महर्जनले शिक्षाको विकासका लागि दुई दसकदेखि योगदान दिँदै आएको थियो । पत्रकारितामा समेत चासो राख्ने उहाँले शिक्षासँग सम्बन्धित विषयमा लेख्नाका साथै सामाजिक सञ्जालमा प्रेरणामूलक सन्देश प्रवाह गर्दै थियो । महर्जनक पत्नी र एक छोरा छन् ।

प्रतिकृया