• १६ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाऔँ

प्रकाशित मिति

२०७८ जेष्ठ २५ गते, मंगलवार ०९:५५

ओलीको प्रस्तावलाई एकताको इमान्दार प्रयत्न मान्न सकिन्न

National Life

काठमाडौँ : नेकपा एमालेका नेता वामदेव गौतमले विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।


पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एकता अभियानका संयोजक गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।


ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमान्दार प्रयत्न मान्न नसिकने निष्कर्ष निकालेको हो ।


हेर्नुहोस् विज्ञप्ति :

प्रतिकृया