• १३ असोज २०८३, मंगलबार
  • ६ः४१ बेलुका

गीतकार सुदन डोटेलको –‘‘कृष्ण अब तिमी आउ‘’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०७:११

काठमाडौं : गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै एउटा नयाँ पुकार गीत ‘कृष्ण अब तिमी आउ‘’ तयार पारेका छन् ।उक्त गीतमा गायक कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ ।

National Life

गायक काफ्लेलाई दर्शक तथा स्रोताले देखन चम्पा, पर्ख पर्ख मायालु, मैले ढाँटेको छैन, चाखुम चाखुम जस्ता गीतमा दर्शक तथा स्रोताले मन पराइसकेका छन् ।यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन्। कृष्ण अब तिमी आउ‘’ गीतको पुकार गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।


मानिसले आफूलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन्। हामी सबैले गल्ती गरेका छौं ।त्यसकारण गीतकार डोटेलले कृष्ण अब तिमी आउ र यो हाहाकारको स्थितिबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने आशय यो गीतमार्फत व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् ।पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ। सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन्।


प्रतिकृया