• १३ असोज २०८३, मंगलबार
  • ७ः१७ बेलुका

सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य नगर्न साईबर ब्यूरोको अनुरोध

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०५:४९

काठमाडौं : सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न नगराउन हुन प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले अनुरोध गरेको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने उक्त ब्यूरोले जनाएको छ । साथै त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत सो ब्यूरोले जनाएको छ ।

National Life

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार १ सय ४९ वटा गाडी र २ हजार ८ सय १७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ४२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ४ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १६ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ७५ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ६ सय ९८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८६ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ४ सय ६२ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


अनलाइन ठगी कार्यमा संलग्न पक्राउ

काठमाडौं, सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई–सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध
महाशाखमा दर्ता भएको जाहेरी दरखास्त-निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।


वेवारिसे अवस्थामा रहेका विभिन्न ब्राण्डका मदिरा बरामद

मोरङ, जहदा गाउँपालिका–१ बुधनगरस्थित सडक नजिकको खाली जग्गामा को.३२ प ९५२१ र को.२० प ८७६१७ नम्बरका २ वटा मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरको बिभिन्न ब्राण्डका मदिरा
आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा अवैध मदिरा राखिएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ती मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा रहेको दिलवाले लेखिएको ३ सय मिलिग्रामको ३ सय ९ काटुन, उंमग लेखिएको ३ सय मिलीग्रामको २ सय ७७ काटुन र बिभीन्न ब्राण्डको खुल्ला मदिरा १ हजार ९ सय बोतल फेला पारी बरामद गरेको हो । बरामद मदिरा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


आगजनीबाट घर पूर्णरुपमा जलेर नष्ट

रौतहट, फतुवा बिजयपुर नगरपालिका–११ भैसही बस्ने सिकिन्द्र महतोको घरमा सोमबार बिहान आगजनी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । परोहा नगरपालिका–६ बसन्तपटी बस्ने ४५ वर्षीय मनोज महतोले सिकिन्द्रको घरमा
आगजनी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधिहवाबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । मनोजलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु

कमलामाई नगरपालिका–७ बस्ने २१ वर्षीया शान्ति माया थिङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । शान्ति माया र सोही ठाउँ बस्ने १५ वर्षीया गिता पाण्डे घरबाट सिन्धुलीतर्फ जाने क्रममा सडकमा चुडिएको विद्युतको तारबाट अचानक करेन्ट लाग्दा शान्तिको घटनास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएकी गिताको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला

सिरहा, लहान नगरपालिका–१५ विरनगर बस्ने बमभोली दासको छोरी ५ वर्षीया कृत्रिका कुमारी दास घरदेखि अन्दाजी १ सय मिटर टाढा रहेको माछा पाल्ने पोखरीमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया