• १४ असोज २०८३, बुधबार
  • १०ः२७ राती

एक छोराका पिता तुषार भन्छन्–‘बिहे गर्ने कुनै योजना छैन’

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०२:५६

काठमाडौँ : बलिउड नायक तुषार कपुर छोरा लक्ष्यका एकल पिता हुन् । उनले, सन् २०१६ मा सरोगेसीको माध्यमबाट बाबु बन्ने विकल्प रोजेका थिए। हालैमात्र, भारतीय मिडियासँग कुरा गर्दै तुषारले आफ्नो जिन्दगीमा बिहे गर्ने कुनै योजना नभएको बताएका छन्।

National Life

तुषारले भने–‘मेरो बिहे गर्ने कुनै योजना छैन। किनकी, यदि मलाई यो बिषयमा कुनै दुविधा थियो भने एकल पिता बन्ने बारेमा मैले सोच्ने थिइनँ। मैले एउटा समय र एउटा उमेरमा एकल पिता बन्ने निर्णय गरेँ, जुन बेला म यो जिम्मेवारी बहन गर्न तयार थिएँ। मलाई लाग्छ कि मैले सही कदम उठाएको छु। म अरु कुनै पनि विकल्प रोज्न सक्दिनँ। म अहिले या भविष्यमा आफूलाई दुनियाँका कोहीसँग पनि आफूलाई शेयर गर्दिनँ।’


नायक तुषार कपुर बलिउडका सफल कलाकार जितेन्द्रका छोरा हुन्। उनले सन् २००१ मा नायिका करिना कपुरको साथमा चलचित्र ‘मुझे कुछ कहना हे’बाट आफ्नो बलिउड यात्रा सुरु गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया