• १३ असोज २०८३, मंगलबार
  • ८ः११ राती

बाघको छाला सहित पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ १९ गते, बुधबार ०२:४३

काठमाडौं : कमलबजार नगरपालिका-८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर बिष्टलाई १ थान बाघको छाला सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
काठमाडौं,
आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको भन्नेु खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुर, १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एकनाले भरुवा बन्दुक सहित पक्राउ
नुवाकोट,
बिदुर नगरपालिका-७ तुप्चे बस्ने २७ वर्षीय बिरमान तामाङलाई १ थान एकनाले भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खोटाङ,
हलेसी तुवाचुङ नगरपालिका-११ भाटबेशीस्थित सडकमा ना.६ त १९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-५ दुर्छिम बस्ने २० वर्षीय रोशन राउतको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


डुबेर मृत्यु
ताप्लेजुङ,
सिदिङवा गाउँपालिका-६ हप्पु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय दिनेश चौहानको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी खाम्दिम्बेबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा काबेली खोलाको किनारमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
सप्तरी,
राजविराज नगरपालिका-५ सरसती टोलस्थित निर्माणाधिन घरभित्र सोही नगरपालिका-१२ सिङयौन बस्ने ५५ वर्षीय मचन सादा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उदयपुर, उदयपुरगढी गाउँपालिका-६ खड्कुलेस्थित सडकको नालीमा सोही ठाउँस्थित बकपटी बस्ने ५८ वर्षीय रत्न बहादुर दर्नाल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सिजी फुड नेपाल प्रालिको बियर स्टोरमा आगलागी
नवलपरासी,
देवचुली नगरपालिका-२ स्थित सिजी फुड नेपाल प्रालिभित्र रहेको बियर स्टोरमा बुधबार बिहान आगलागी भएको छ । उक्त स्टोरमा आगलागी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय समेतको टोली खटि गई दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको छ ।

प्रतिकृया