• ३१ भदौ २०८३, बुधबार
  • ९ः१४ राती

पूर्ण सरसफाइयुक्त नमुना वडा घोषणा

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार ०८:३४

दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ लाई पूर्ण सरसफाइ उन्मुख नमुना वडा घोषणा गरिएको छ । सोमबार भएको कार्यक्रममा स्थानीयले सुरक्षित खाना खाने, भण्डारण गर्ने, घरआँगन सफा गर्ने र वातावरण सफा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

National Life

कुल २ हजार ९ सय ५९ जनसंख्या रहेको उक्त वडामा सरसफाइका सूचकहरू पूरा भएसँगै नमुना वडा घोषणा गरिएको वडाध्यक्ष लक्षिराम थापाले बताएका छन् । वडाका ९६ प्रतिशत घरधुरीमा पूर्ण सरसफाइका सबै परिसूचकहरूः हरेक घरमा शौचालय, भाँडा सुकाउने चाङ, फोहोर फाल्ने खाडल, घर आँगन सरसफाइ, हरेक घरमा सुरक्षित खानेपानी प्रयोगका लागि फिल्टर, सावुन पानीले हात धुने व्यवस्था भइसकेको छ ।

वि.स. २०६६ सालमा झाडापखालाले ग्रस्त पारेको यही वडा हाल आएर नमुना वडा घोषणा गर्न सफल भएकोमा उनले खुसी साटेदै भने, ‘पूर्ण सरसफाइ अभियानकै क्रममा यसअघि विभिन्न टोललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा गरिएको थियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया